
दिपायल – विषालु सर्पले टोकेर घाइते भएका बालकको उपचार सफल भएको छ । सुजङ्ग अस्पतालमा उपचाररत दिपायल सिलगढी नगरपालिका १ सिर्खोलीका ११ वर्षीय बालक हिमाल साउदको उपचार सफल भएको हो।
साउदलाई घरभित्रै गोगन सर्पले टोकेकाे उनकी आमा जानकी देवी साउदले बताइन् । सर्पले टोकेपछि बालकलाई बेहोस अवस्थामा अस्पताल पुर्याइएको थियो ।
बालकको दायाँ खुट्टामा सर्पले टोकेकाे थियो । बेहोस अवस्थामा रहेका बालकलाई अस्पतालले एन्टी स्नेक भेनम दिएर उपचार गरेको अस्पतालका प्रशासन प्रमुख अर्जुन बलयरले जानकारी दिए । अहिले बालकको अवस्था खतरा मुक्त रहेको उनले बताए ।

यस अघि साउन १४ गते शिखर नगरपालिका -३ का १२ वर्षीय जीवन बोगटीलाई पनि विषालु सर्पले टोकेकाे थियो। उनलाई पनि बेहोस अवस्थामा सुजङ्ग अस्पतालमा ल्याइएको थियो । सुजङ्ग अस्पतालको उपचार पछि उनी निको भएर घर फर्किएका थिए ।
सर्पले टोकेकाे व्यक्तिलाई जति सक्दो चाँडो अस्पताल पुर्याउन सकियो भने ज्यान जोगाउन सकिने बलायरले बताए । साउन देखि यता सर्पदंशका १४ जना विरामीको सफल उपचार गरिएको उनले बताए । उनका अनुसार १२ जना विष नभएको सर्पले टोकेका र २ जना विषालु सर्पले टोकेका बिरामीको उपचार गरिएको हो ।
गत वर्ष ३२ जना सर्पदंशका बिरामीको उपचार गरिएको अस्पतालले जनाएको छ । जसमध्य ४ जना विषालु सर्पले टोकेका बिरामी थिए । सबैको उपचार सफल भएको अस्पतालले जनाएको छ ।
जिल्लामा एउटा सर्पदंश उपचार केन्द्र भए पनि त्यो सञ्चालनमा रहेको छैन । समयमै उपचार नपाउँदा वर्षेनी सर्पदंशका बिरामीको ज्यान गुमाउने गरेका छन्। सुजङ्ग अस्पतालमा सर्पदंशको उपचार उन थालेपछि उपचार अभावमा ज्यान गुमाउनेको संख्यामा कमी आएको छ ।
बाँठपाली मन्दिर निर्माणमा रु २२ लाखभन्दा बढी हिनामिनाको आरोप, विशेष...