२०८३ असार १७, बुधबार
July 1, 2026, Wednesday

सत्याग्रहको १०औँ दिनपछि डा.केसी आफ्नै खर्चमा काठमाडौं फर्किए

कैलाली- दश दिनदेखि धनगढीमा सत्याग्रहमा बसेका डा.गोविन्द केसी आफ्नै खर्चमा काठमाडौं फर्केका छन्।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारसहितका माग राखेर धनगढीमा २०औँ सत्याग्रहमा बसेका डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा स्थान्तरण गर्न चिकित्सकसहितको टोलीको पटक पटकको आग्रहपछि बुधबार बेलुकी मात्रै उनी काठमाडौं फर्केका हुन्।  

सरकारको खर्चमा नजाने र सरकारलाई व्ययभार नगराउने भन्दै डा.केसी आफ्नै खर्चमा आज बेलुकी ५ बजेको श्री एयरलाइन्सकोे जहाजबाट काठमाडौं फर्केका हुन्।

काठमाडौं पुगेपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गरिने तयारी रहेको उनका सहयोगीले बताएका छन्।

यसअघि उनको स्वास्थ्य अवस्था नाजुक रहेको भन्दै मंगलबार दिनभर सरकारले काठमाडौं लैजाने प्रयास गरे पनि उनले मानेका थिएनन्। मंगलबार उनलाई लैजान नेपाली सेनाको स्काई ट्रक दिनभर धनगढीमै रहे पनि बेलुकी भने रित्तै फर्किएको थियो।

Related News

बाँठपाली मन्दिर निर्माणमा रु २२ लाखभन्दा बढी हिनामिनाको आरोप, विशेष अदालतमा मुद्दा
बाँठपाली मन्दिर निर्माणमा रु २२ लाखभन्दा बढी हिनामिनाको आरोप, विशेष अदालतमा मुद्दा
  • २०७९ आश्विन ५

बाँठपाली मन्दिर निर्माणमा रु २२ लाखभन्दा बढी हिनामिनाको आरोप, विशेष...

TOP