२०८२ पुष २, बुधबार
December 17, 2025, Wednesday

डडेल्धुरा अस्पतालमा ‘एक्सपर्ट एक्सडिआर’ सञ्चालन, क्षयरोगका बिरामी लाभान्वित हुने

डडेल्धुरा- संघीय सरकार मातहत रहेको सुदूरपश्चिमको एकमात्र डडेल्धुरा अस्पतालमा सेवा विस्तार गरिएको छ। जटिल क्षयरोगका बिरामीका लागि डडेल्धुरा अस्पतालमा ‘एक्सपर्ट एक्सडिआर’ मेसिन सञ्चालन गर्दै सेवा विस्तार गरिएको हो।

मेसिनको एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका प्रमुख गगन भण्डारीले शुभारम्भ गरे। अस्पतालका मेसु डाक्टर चेतराज भट्टका अनुसार काठमाडौं उपत्यकाबाहिर पहिलोपटक उक्त मेसिन डडेल्धुरा अस्पतालमा सञ्चालन गरिएको हो।

‘उक्त मेसिन नहुँदा बिरामीको खकार काठमाडौं पठाएर दुई महिनासम्म कुर्नुपर्ने बाध्यता रहेको थियो,’ मेसु भट्टले भने, ‘मेसिन सञ्चालनमा आएसंगै अब दुई घण्टामै जटिल प्रकारका क्षयरोगका बिरामीलाई कुन औषधि प्रयोग गर्न दिनेबारे पहिचान गर्न सकिन्छ।’ उक्त मेसिनले जटिल बिरामीले प्रयोग गर्ने औषधि पहिचान गर्ने मेसु भट्टले बताए।

डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकरण ओझाका अनुसार राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले मेसिन उपलब्ध गराएको हो। केन्द्रकी निर्देशक रिता भण्डारी जोशीले काठमाडौंबाहिर पहिलोपटक जटिल क्षयरोगका बिरामीलाई लक्षित गर्दै मेसिन सञ्चालन गरिएको बताउँदै भनिन्, ‘देशभरका ७/८ अस्पतालमा छिट्टै सञ्चालन गर्ने योजना छ।’

डडेल्धुरा अस्पतालमा मेसिन सञ्चालन भएसंगै सुदूरपश्चिममा रहेका क्षयरोगका जटिल बिरामीको उपचारमा सहज हुने उनले विश्वास गरिन। सुदूरपश्चिम प्रदेशमा बिगत ५ वर्षदेखि क्षयरोगका बिरामीहरुको संख्या स्थिर जस्तै छ। आर्थिक बर्ष ०७४/०७५ मा प्रदेशमा सबै प्रकारका क्षयरोगीहरुको संख्या तीन हजार १४६ थियो भने ०७५/०७६ मा तीन हजार १४८ पुगेको थियो। स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष ०७६/०७७ मा दुई हजार ७३५, ०७७/०७८ मा दुई हजार ८२२ बिरामी फेला परेका थिए।

Related News

सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
  • २०७९ आश्विन २

दिपायल – सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले सात दिने “भलिबल...

TOP