
दिपायल – शिखर नगरपालिकामा सञ्चल गरिएको आँखा शिविरमा ७ सय १० जनाले सेवा लिएका छन् । गेटा आँखा अस्पतालद्वारा सञ्चालित शिखर आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शिखर नगरपालिकाले शिविरको आयोजना गरेको हो ।
एक दिन विद्यार्थी र एक दिन सर्वसाधारणका लागि गरेर दुई दिन शिविर आयोजना गरिएको थियो । शिविरमा सीताराम माध्यमिक विद्यालयका विद्यार्थी, वडा नम्बर ७ र ९ का स्थानीयले सेवा लिएका थिए ।
सीताराम माध्यमिक विद्यालयमा आयोजित शिविरमा ५ सय जना विद्यार्थीहरूको आँखा चेकजाँच गरिएको थियो । जसमध्य आँखाको समस्या देखिएका १७ जनालाई नि:शुल्क चस्मा उपलब्ध गराइएको आँखा उपचार केन्द्रका इन्चार्ज नवीन नौन्यालले बताए ।
शिविरमा आँखाको समस्या देखिएका बिरामीलाई नि:शुल्क औषधि वितरण गरिनुका साथै परामर्श दिइएको थियो ।
शनिबारको शिविरमा वडा नम्बर ७ र ९ का २ सय १० जनाले सेवा लिएको उनले बताए । त्यसमध्य २० जनामा मोती बिंदुको समस्या देखिएको थियो ।
मोती बिंदु देखिएका बिरामीको दशैं पछि आयोजना हुने शिविरमा नि:शुल्क अप्रेसन गरिने नगर उप-प्रमुख सुनिता रावल जोरले बताइन् । नगरपालिकाले नगरका अन्य क्षेत्र र वडाहरूमा पनि शिविर सञ्चालन गर्ने उनले बताइन् । सोमबार गते वडा नम्बर ३,४ र ५ लाई लक्षित गरेर मुडभरामा अर्को शिविरको आयोजन गरिने छ ।
शिविरको उद्घाटन गर्दै नगर उप-प्रमुख रावलले नगर सरकार जनतालाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिवद्ध रहेको बताइन् । ‘हामीले स्वास्थ्य, शिक्षा र कृषिलाई विशेष प्रथामिकता दिएका छौं,’उनले भनिन्,’ मानिसको सबै भन्दा ठूलो धन भनेको स्वस्थ स्वास्थ्य हो । स्वास्थ्य स्वस्थ रह्यो भने मात्रै अन्य कुराहरू गर्न सकिन्छ । विशेष गरेर नगरमा महिला र जेष्ठ नागरिकमा स्वास्थ्य समस्या देखिन्छ । त्यसको ख्याल गर्दै हामीले महिला र जेष्ठ नागरिकलाई लक्षित गरेर विशेष स्वास्थ्य सेवा दिने योजना बनाएका छौं। सहज रूपमा जनताको घरदैलोमा स्वास्थ्य सेवा पुर्याउने हाम्रो लक्ष छ ।’

आँखाको समस्या देखिए पछि आँखा उपचारका लागि धनगढी स्थित गेटा आँखा अस्पताल जानु पर्ने वाध्यता हटेको स्थानीयको भनाइ छ । नगरपालिकाले शिखर मै उक्त आँखा अस्पतालको शाखा राखेर बेलाबखत शिविर सञ्चालन गरी गाउँमै उपचार दिएकोमा स्थानीयले धन्यवाद ज्ञापन गरे ।
दिपायल – सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले सात दिने “भलिबल...