२०८० चैत्र ६, मंगलवार
March 19, 2024, Tuesday

जनताका नाममा आएको सरकारी सम्पति दुरुपयोग हुँदैन : मेयर खड्का


दिपायल – दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्का (विजय) ले आफूबाट जनताका नाममा आएको बजेट एवं सरकारी सम्पतिको दुरुपयोग नहुने बताए । अपाङ्ग अधिकार मञ्च नेपालको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले जनताका नाममा आएको बजेट र स्रोत साधन जनताकै हितमा खर्च र प्रयोग गरिने बताएका हुन् ।

नगरप्रमुख खड्काले जनताको नाममा आएको बजेट र स्रोतसाधनको सही सदुपयोग हुनेमा विश्वस्त हुन अनुरोध गरे । जनताको अधिकारलाई सुनिश्चित गरेर जनताको हितमा हुने गरी सरकारी सम्पति र बजेट जनताकै आँगनमा पुर्याउने हो,’ उनले भने,’अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर सरकारले तोकेको सेवासुविधा, अधिकारलाई आत्मसाथ गर्दै नजिकको स्थानीय सरकारको हैसियतले थप सेवा, सुविधा र प्राथमिकता दिइने छ । अपाङ्गता भएका व्यक्तिहरू लागि छुट्याएको बजेट र कार्यक्रम वास्तविक अपाङ्गता भएका ब्यक्तिहरुको हितमा खर्च हुनेमा ढुक्क भए हुन्छ ।’

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै खड्काले आफूमा सम्पतिको कुनै पनि लोभ नभएको स्पष्ट पारे। उनले भने,’ तपाईंले अमूल्य मत दिएर जिताएका जनप्रतिनिधि सम्पतिले धनी छैनन् र सम्पति आर्जनको कुनै पनि मोह छैन । मनका धनी छन् । त्यसैले हामी जनताको शासक होइन सेवक भएर काम गर्नेछौ, आफ्ना समस्या, मागहरु निर्धक्क राख्दा हुन्छ । अपाङ्गता भएका ब्यक्तिहरुको हितका लागि के गर्न पर्छ हामी तयार छौं ।’


उनले अपाङ्गता भएका व्यक्तिहरूलाई सपाङ्ग व्यक्तिहरूले सहारा, प्रेम, सम्मान र अवसर दिनु पर्नेमा जोड दिए । “समाजमा विभिन्न क्षमता र समस्या भएका मान्छेहरू छन् ,’ उनले भने,’अपाङ्गता भएका मान्छेहरू पनि यही समाज र देशका नागरिक हुन् । उनीहरूलाई सपाङ्ग व्यक्तिहरूको स्नेह, सहारा, माया मोह, अवसर र सम्मान आवश्यक पर्दछ। त्यसैले घर परिवार देखि सबै सपाङ्ग व्यक्तिहरूले उनीहरूलाई सम्मानका साथ जीवन यापन गर्न दिन मदत गर्नु पर्दछ । नगर सरकार त्यसमा प्रतिबद्ध छ ।”

अपाङ्गता भएका ब्यक्तिहरुको हितमा काम गर्न संस्थागत र नेतृत्व विकास आवश्यक रहेको बताउँदै नगर प्रमुख खड्काले संस्थागत र व्यक्तित्व विकासमा जोड दिन सुझाव दिए ।

संस्थाकी अध्यक्ष शारदा विष्टको अध्यक्षतामा आयोजित कार्क्रममा दिपायल सिलगढी नगरपालिकाका वडा अध्यक्षहरु, गैर सरकारी संस्थामा प्रतिनिधि, पत्रकार, अपाङ्गता भएका ब्यक्तिहरुको हितमा काम गर्ने संघ संस्थाका प्रतिनिधि लगायत अपाङ्गता भएका व्यक्तिहरू र उनीहरूका अभिभावकहरुको सहभागिता रहेको थियो ।

Related News

१० हजारको बिमाबाट प्राप्त भयो ५ लाख
१० हजारको बिमाबाट प्राप्त भयो ५ लाख
  • २०७९ श्रावण २७

दिपायल – शिखर नगरपालिका- ६ कोटकी चन्नरी देवी लुहारले २०८०...

TOP