२०८१ कार्तिक ७, बुधबार
October 23, 2024, Wednesday

पश्चिम सेती आयोजना भारतीय कम्पनीले पायो

फाईल फोटो

काठमाडौं–  लगानी बोर्ड नेपालले ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको एसआर ६ जलविद्युत आयोजना निर्माणको लागि भारतीय कम्पनीलाई अध्ययन अनुमति पत्र दिने निर्णय गरेको छ ।
बोर्डले गत २३ जेठमा यसका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टका अनुसार सोमबार बसेको बैठकले भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडलाई अध्ययन अनुमतिपत्र प्रदान गर्नेसम्बनधी समझदारीपत्रलाई स्वीकृत गरेको छ ।


चिनियाँ कम्पनी थ्री गर्जेजसँग सम्झौता तोडिएपछि अलपत्र पारेको आयोजना एनएचपीसीलाई दिन सरकारले गत चैतबाटै गृहकार्य गरिरहेको थियो ।

Related News

डाक्टर उपाध्यायलाई नागरिक सम्मानसहित बिदाइ
डाक्टर उपाध्यायलाई नागरिक सम्मानसहित बिदाइ
  • २०७९ श्रावण २४

दिपायल – सेती प्राविधिक शिक्षालय दिपायलका कृषि प्रशिक्षक (पशु विज्ञान)...

TOP