२०८१ कार्तिक ५, सोमबार
October 21, 2024, Monday

बलात्कार आरोपमा क्याम्पस प्रमुख पक्राउ

बैतडी – बलात्कारको आरोप लागेका बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजेन्द्र नेगी पक्राउ परेका छन्।

कैलाली घर भएकी एक मजदुर महिलामाथि बलात्कार गरेको आरोप लागेका नेगीलाई आइतबार बैतडीको सदरमुकामस्थित गोठालापानी बजारबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोकराज जोशीले बताए।

असार २९ गते नेगीविरुद्ध पीडित मजदुर महिलाले इलाका प्रहरी कार्यालय पाटनमा जबरजस्ती करणीको किटानी जाहेरीसहित मुद्दा दर्ता गराएका थिए।

सोही किटानी जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। असार २० गते पानी माग्ने निहुँमा आफूमाथि नेगीले बलात्कार गरेको ती महिलाको आरोप छ।
क्याम्पस प्रमुख नेगीले महिलाले बलात्कारको ओरोप लगाएपछि पदबाट राजीनामा दिएका थिए।

Related News

डाक्टर उपाध्यायलाई नागरिक सम्मानसहित बिदाइ
डाक्टर उपाध्यायलाई नागरिक सम्मानसहित बिदाइ
  • २०७९ श्रावण १

दिपायल – सेती प्राविधिक शिक्षालय दिपायलका कृषि प्रशिक्षक (पशु विज्ञान)...

TOP