२०८१ कार्तिक ७, बुधबार
October 23, 2024, Wednesday

डोटीमा भालुको आक्रमणबाट एक जना घाइते

दिपायाल- डोटीमा भालुको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ खिरसैनका ५० वर्षीय नरबहादुर खड्का घाइते भएका हुन् ।

मंगलबार बिहानै पिसाब फेर्न घर बाहिर निस्केका खड्कालाई घर नजिकै भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ । भालुको आक्रमणबाट खड्काको टाउको, नाक, कानमा गहिरो चोट लागेको छ ।

भालुको आक्रमणबाट गम्भिर घाइते बनेका खड्कालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । जिल्लामा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोला भट्टले जानकारी दिनु भयो ।
पछिल्लो समय उक्त क्षेत्रमा भालुको त्रास बढ्दै गएको छ । यसभन्दा पहिला पनि पटक पटक स्थानीयहरुलाई भालुले आक्रमण गर्दै आएको थियो ।

Related News

डाक्टर उपाध्यायलाई नागरिक सम्मानसहित बिदाइ
डाक्टर उपाध्यायलाई नागरिक सम्मानसहित बिदाइ
  • २०७९ असार २१

दिपायल – सेती प्राविधिक शिक्षालय दिपायलका कृषि प्रशिक्षक (पशु विज्ञान)...

TOP