
कञ्चनपुर – दुई दशकदेखि बन्द रहेको कञ्चनपुरको मझगाँउ विमानस्थलको निर्माण कार्य अघि बढेको छ । बुधवार विमानस्थलको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले एक कार्यक्रमका विच शिलान्यास गरेका हुन् ।
विमानस्थल निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले केएस कान्छाराम कन्ट्रक्सनलाई ४५ करोड ६६ लाख २४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ । विमानस्थलको लम्बाइ एक हजार ५२५ मिटरको रहने छ भने ६६ बिघा जमिनमा विमानस्थल रहने छ ।
विमानस्थल निर्माणमा पर्यटन मन्त्रालयले ५०, प्रदेश सरकारले २५, भीमदत्त नगरपालिकाले १५ र दोधाराचाँदनी नगरपालिकाले १० प्रतिशत रकम व्यहोर्ने सहमति यस अघि नै भएको छ ।
०५६ सालमा सुरक्षाको कारण देखाएर सरकारले मझगाँउ बिमानस्थलको उडान बन्द गरेको थियो ।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...