२०८३ आश्विन ६, मंगलवार
September 22, 2026, Tuesday

सुदूरपश्चिममा संकलित ४७५९ जनाको नमुना परीक्षण बाँकी

कैलाली- कोरोना परीक्षणका लागि सुदूरपश्चिमका विभिन्न जिल्लामा संकलन गरीएको चार हजार सात सय बढिको थ्रोट स्वाबको नमुना परीक्षण गर्न बाँकी रहेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रवार साँझ सार्वजनिक गरेको तथ्याङक अनुसार प्रदेशभरी संकलन गरीएका चार हजार सात सय ५९ जनाको नमुना परीक्षण बाँकी रहेको हो।

संकलन गरीएका थ्रोट स्वाबको नमुना परीक्षणका लागि धनगढी प्रयागशाला र काठमाडौँ प्रयागशालामा पठाईएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए।

‘तीन हजार ४७ जनाको नमुना धनगढी प्रयोगशालाले परीक्षण गर्न बाँकी छ भने एक हजार सात सय १२ जनाको काठमाडौँ प्रयोगशाला मार्फत परीक्षण गर्न बाँकी छ।’ कार्कीले भने।

उनका अनुसार अहिलेसम्म सुदूरपश्चिमका १५ हजार चार जनाको कोरोना परीक्षण भएको छ। सात हजार चार सय ७९ जनाको धनगढी प्रयोगशाला मार्फत र बाँकी दुई हजार ६ सय ७० जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मार्फत परीक्षण गरीएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यस्तै सुदूरपश्चिम प्रदेशमा ८६ हजार पाँच सय १६ जनाको आरडिटी परीक्षण गरीएको छ भने आरडिटी परीक्षणमा ६ हजार दुई सय १४ जनामा एन्टिबडी देखाएको छ।

Related News

डोटी उद्योग वाणिज्य संघकाे अध्यक्षमा वीरेन्द्र शाह निर्वाचित
डोटी उद्योग वाणिज्य संघकाे अध्यक्षमा वीरेन्द्र शाह निर्वाचित
  • २०७७ असार ६

दिपायल – डोटी उद्योग वाणिज्य संघकाे अध्यक्षमा वीरेन्द्र शाह निर्वाचित...

TOP