२०८० फाल्गुन २१, सोमबार
March 4, 2024, Monday

शिक्षा क्षेत्रका समस्याबारे भिडियो कन्फ्रेन्समार्फत सुझाव सङ्कलन

धनगढी– सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले शिक्षा क्षेत्रमा देखिएको समस्याका बारेमा भिडियो कन्फरेन्समार्फत सुझाब लिएका छन्।

लामो समयदेखिको लकडाउनका कारण शिक्षा क्षेत्रमा देखिएको समस्या र समाधानका बारेमा मन्त्री सुवेदीले प्रदेशका ८८ वटै स्थानीय तहका शिक्षा क्षेत्र हेर्ने प्रमुख तथा प्रशासकिय अधिकृतसँग भिडियो कन्फरेन्स गरेका हुन्।

मन्त्रालयले प्रविधिमैत्री शिक्षण सिकाई सञ्चालन गर्नका लागि आज (आइतबार) र भोलि (सोमबार) भिडियो कन्फरेन्स गर्न लागेको जनाएको छ।

सामाजिक विकास मन्त्रालयका अनुसार सम्मेलनमा प्रदेशका ८८ वटै स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृत, शिक्षा अधिकृत, नौ वटै शिक्षा विकास तथा समन्वय इकाई प्रमुख, शिक्षा विकास निर्देशनालय दिपायलका उपसचिव तथा शाखा अधिकृत, सामाजिक विकास मन्त्रालयका सचिव, मन्त्रीको उपस्थितिमा शिक्षा क्षेत्रमा महामारीको असर, प्रभाव तथा भावी रणनीतिलाई समेटेर सम्मेलन शुरु गरेको हो।

मन्त्रालयले बनाएको तालिका अनुसार आइतबार पहिलो दिन ११ बजेदेखि दुई बजेसम्म अछाम, कैलाली, बझाङ र बैतडी जिल्ला तथा २ः३० देखि ५ः३० सम्म दार्चुला, डडेल्धुरा, डोटी, बाजुरा र कञ्चनपुरका अधिकारीहरूसँग छलफल गरिने जनाइएको छ।

मन्त्रालयले क्वारेन्टाइनमा प्रयोग गरिएका शैक्षिक संस्थाहरू र ती शैक्षिक संस्थाको भौतिक व्यवस्थापन तथा साधन स्रोतको अवस्था, कोरोना भाइरसको प्रकोपबाट जोगिन स्थानीय सरकारहरूको योजना र कार्यान्वयनको अवस्था, विद्यार्थीहरूको परीक्षाफल प्रकाशन, नयाँ शैक्षिक सत्रको भर्ना कार्यक्रम, पाठयपुस्तक वितरण तथा कक्षा सञ्चालन सम्बन्धी स्थानीय तहहरूको योजना तथा प्रदेश सरकारबाट सहकार्यको अपेक्षा लगायत मुख्य एजेण्डा रहेको मन्त्रालयका प्रवक्ता झंकर विष्टले जानकारी दिए।

त्यस्तै, नतिजा प्रकाशन, विद्यालय भर्ना र पाठ्यपुस्तकको व्यवस्था तथा पूर्वतयारी र पाठयपुस्तकको रकम निकासाको अवस्था, सामाजिक दूरी कायम गरी परिक्षाफल प्रकाशन सम्बन्धी योजना, शिक्षक तालिम तथा कार्यसम्पादन मूल्यांकन लगायत वृति विकास सम्बन्धी धारणा र सुझावहरू, विद्यालय उमेरका बालबालिकाहरूलाई कोरोनाको संक्रमणबाट जोगाउन तथा मनोसामाजिक त्रासदीबाट जोगिन स्थानीय तहहरूले अपनाउने नीति तथा योजना पनि सो सम्मेलनमा छलफल हुने जनाइएको छ।

यससंगै सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा प्रविधिमैत्री शिक्षा (डिजिटल साक्षरता) सञ्चालनको तयारी गरेको छ। मन्त्रालयका प्रवक्ता विष्टले प्रदेश रहेका कुल विद्यालय मध्ये अहिलेसम्म १२ प्रतिशतमा मात्र इन्टरनेटको पहुँच रहेको बताए।

उनले भने,  ‘प्रविधिमैत्री शिक्षण सिकाइ सञ्चालन गर्ने योजना त छ तर, सबै विद्यालयमा इन्टरनेटको पहुँच छैन।’

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले डेढ महिनादेखि गरेको लकडाउनले शिक्षा क्षेत्र पनि प्रभावित भएपछि प्रदेश सरकारले प्रविधिमैत्री शिक्षा सञ्चालनको तयारी गरेको छ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सूचना प्रविधिको उपलब्धता तथा विद्यमान अवस्थाको वस्तुगत तथ्यांक सम्बन्धित निकाय, कार्यालयहरूबाट माग गरेको जनाएको छ।

Related News

औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा चोपडा
औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा चोपडा
  • २०७७ बैशाख २८

दिपायल – नेपाल औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा हिक्मत सिंह...

TOP