डोटी : सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको लकडाउनको अवस्थमा अत्यावस्यक सवारी साधान सञ्चालनका लागि ई–पासको व्यवस्था गरिएको छ । जिल्ला प्रशासन कार्यालय डोटीले शुक्रबार सूचना जारी गर्दै आजबाटै ई–पास लिन सकिने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलद्वारा हस्ताक्षरित सूचनामा लकडाउनको अबधिभर सवारी पास अनुमती दिने व्यवस्थालाई सहज बनाउँन शुक्रबार देखिनै अनलाइन प्रणालीमार्फत ई–पास दिने व्यवस्था मिलाईएको उल्लेख छ । ई–पास लिन www.epass.moha.gov.np मा उल्लेख भएका विवरणहरु भर्न सकिने छ । मोवायलबाट १११२ मा म्यासेज मार्फत निवेदन गरी अनलाइन आवेदन भर्न सकिनेछ ।
ई–पास लिनका लागि व्यक्तिगत विवरण, सवारी साधनको विवरण स्पष्टसँग खुलाउनुपर्ने छ । यस्तै परिचयपत्र अपलोड गर्नुपर्ने छ भने ई–पास आवस्यक पर्नुको कारण र अवधि खुलाउनेपर्ने छ । यसबाहेक अस्पतालको कागज, कार्यालयको सिफारिस, मृत्यु खुल्ने कागजात वा तस्बिर समेत अपलोड गर्न सकिने छ ।
अत्यावस्यक कार्यको लागि बाहिर निस्कन परेमा मात्रै आवस्यक विवरण भरी पास लिन सकिने भनिएको छ । इन्टरनेटको पहुँच नभएका ठाउँमा भने पुरानै विधिबाट समेत पास लिन सकिने व्यवस्था कायमै रहने छ ।

दिपायल – सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले सात दिने “भलिबल...