२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

आफ्नै शरिरमा आगो लगाएका आउजीको मृत्यु

डोटी । अस्पताल प्रशासनले कामबाट निकालेको आवेगमा आफ्नै शरिरमा आगो लगाएका कर्मचारीको मृत्यु भएको छ । अस्पताल हाता भित्रै आत्मदाहको प्रयास गरेका आउजीको नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

अछामस्थित बयलपाटा अस्पतालमा कार्यरत साफेबगर नगरपालिका–६ का २७ वर्षीय सिदार्थ आउजीले सोमबार बिहान अस्पताल हाता भित्रै आफ्नै शरिरमा आगो लगाएका थिए । आउजीको उपचारका क्रममा केही वेर अघि मात्रै मृत्यु भएको ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख नरपति भट्टले जानकारी दिनुभयो ।

अस्पताल प्रशासनले लकडाउनमा आर्थिक संकट परेको भन्दै आउजि लगाएत ३३ जना तल्लो तहमा काम गर्ने कर्मचारिलाई हटाएको छ । उनि संगै हटाइएका कर्मचारी विशाल पण्डितले दुई महिना अगाडि नै अस्पतालले हटाएको चिठी थमाएको बताए । उनका अनुसार आर्थिक अवस्था निकै कमजोर भएका आउजी आफुलाई अस्पतालले हटाएको प्रति निकै चिन्तित भएको र घर चलाउन गाह्रो भएको गुनासो गर्दै आएका थिए ।

आउजी बयलपाटा अस्पतालमा दुई वर्ष देखि कार्यरत थिए ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ जेष्ठ २६

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP