२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

डोटीका १० जनाको स्वाब रिपोर्ट आयो

डोटी– डोटीबाट स्वाब संकलन गरि परिक्षणका लागि प्रयोगशालामा पठाएका १० जनाको रिपोर्ट आएको छ ।

धनगढी प्रयोगशालामा शनिबार परिक्षण गरिएका दश वटै नमुना थ्रोट स्वाबको नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।

भारतबाट आएर क्वारेण्टाइनमा बसेकाहरुको स्वाब संकलन गरि परिक्षणका लागि पठाइएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालयलका अनुसार दिपायल सिलगढी नगरपालिका, सिलगढीस्थित पपमुना माविको क्वारेन्टाइनमा रहेका  १४ जनाको स्वाब संकलन गरेर पठाइएको थियो । जसमध्य १० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०७७ जेष्ठ २४

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP