डोटी– डोटीबाट स्वाब संकलन गरि परिक्षणका लागि प्रयोगशालामा पठाएका १० जनाको रिपोर्ट आएको छ ।
धनगढी प्रयोगशालामा शनिबार परिक्षण गरिएका दश वटै नमुना थ्रोट स्वाबको नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।
भारतबाट आएर क्वारेण्टाइनमा बसेकाहरुको स्वाब संकलन गरि परिक्षणका लागि पठाइएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालयलका अनुसार दिपायल सिलगढी नगरपालिका, सिलगढीस्थित पपमुना माविको क्वारेन्टाइनमा रहेका १४ जनाको स्वाब संकलन गरेर पठाइएको थियो । जसमध्य १० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...