धनगढी : सुदूरपश्चिममा कोरोना भाईरस(कोभिड–१९) को जोखिममा रहेका ३२ हजार सात सय जनालाई क्वारेन्टाईनमा राखिएको छ। भरतका कोरोना भाईरसको जोखिम भएको क्षेत्रबाट फर्किएका ३२ हजार सात सय ३२ जनालाई विभिन्न स्थानमा स्थापना गरिएका क्वारेन्टाईनमा राखिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

क्वारेन्टाईनमा राखिएका मध्ये २८ हजार ९ सय २२ जना पुरुष र तीन हजार आठ सय १० जना महिला रहेका छन्। सबैभन्दा बढि कैलालीमा सात हजार आठ सय ९८ जना, कञ्चनपुरमा पाँच हजार पाँच सय ९२ जनालाई क्वारेन्टाईनमा राखिएको निर्देशनालयको तथ्याङकमा उल्लेख छ।
डोटीमा पाँच हजार चार सय ५७, बैतडीमा चार हजार एक सय ७२ जना, डडेल्धुरामा तीन हजार एक सय ३३ जना, अछाममा दुई हजार एकजना, बझाङमा १७ सय ३२ जना, बाजुरामा १९ सय ३९ जना, दार्चुलामा आठ सय आठ जनालाई क्वारेन्टाईनमा राखिएको छ।
उनीहरु भारत सहित कोरोनाको जोखिम भएको क्षेत्रबाट फर्किएका रहेका छन्। क्वारेन्टाईनमा राखिएकाहरुको स्वास्थ्य परीक्षण भने हुन सकेको छैन्। dineshkhabar बाट
दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...