२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday

बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना हुने

जिल्ला अस्पताल बैतडीमा कोरोना परीक्षण गर्न  प्रयोगशाला स्थापना हुने भएको छ।  यसका लागि विज्ञको टोलीले  सम्भाव्यता अध्ययनसमेत गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पतालमा पनि सो परीक्षणका लागि पिसिआर ल्याब स्थापना गर्ने निर्णय गरेको थियो।  

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौका भाइरोलोजिष्ट डा श्रवणकुमार मिश्र नेतृत्वको टोलीले अस्पतालमा प्रयोगशाला स्थापनाका लागि सम्भाव्यता अध्ययन गरेको जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए। टोलीमा डा मिश्रसँगै डडेल्धुरा अस्पतालका प्रयोगशाला प्रमुख ईश्वरीप्रसाद भुसाल सहभागी थिए।  जिल्ला अस्पतालमा पिसिआर प्रयोगशाला स्थापना गर्ने कुराले आफूहरुलाई उत्साहित बनाएको डा जोशीको भनाइ छ। 

प्रयोगशाला सञ्चालनमा आएमा कोरोनाको मात्रै नभएर अन्य मलिकुलर जाँचका लागिसमेत सजिलो हुने डडेल्धुरा अस्पतालका प्रयोगशाला प्रमुख भुसालले जानकारी दिए। जिल्ला अस्पतालको ५० श्ययाको भवन निर्माण कार्यसमेत जारी रहेकाले प्रयोगशला स्थापना हुने कुराले भविष्यमा जिल्ला अस्पतालले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। –रासस

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७७ बैशाख ६

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP