२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

कांग्रस नेता पौडेलको गिरफ्तारी विरुद्ध डोटीमा विरोध प्रदर्शन (भिडियो सहित)

डोटी- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारी विरुद्ध डोटीमा विरोध प्रदर्शन गरिएको छ । जिल्लाको केन्द्र दिपायल बजारमा नेपाली कांग्रेसले प्रदर्शन सहित टायर बालेर सरकार विरोधी नारा लगाउँदै विरोध गरेको हो ।

सयौंको संख्यामा सडकमा उत्रिएका नेता तथा कार्यकर्ताहरुले ओली सरकारका विरुद्ध नारावाजी गरेको थियो । विरोध कार्यक्रमलाई नेपाली कांग्रेस डोटीका सचिव विरेनद्र शाह, क्षेत्रीय सभापति विजय खड्का, जिल्ला सदस्य जीत खड्का, नेविसंघ डोटीका पूर्व अध्यक्ष सोपान सिंह बोहराले सम्वोधन गरेका थिए । विरोधसभा कार्यक्रमको सञ्चालन नविसंघका नेता दिपाक बोगटीले गरेका थिए ।

विरोध कार्यक्रममा नेपाली कांग्रेस, नेविसंघ, भातृ संगठन, शुभेच्छुक संगठन, व्यापारी तथा स्थानीयको सहभागिता रहेको थियो ।

कार्यक्रममा कसले के भने भिडियो सहित

Related News

शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
  • २०७७ मंसिर १७

  दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...

TOP