
डोटी- डोटीमा आठवटा आधारभुत अस्पतालको एकसाथ शिलान्यास गरिएको छ । सोमबार प्रदेश स्तरीय ५० शैयाको सरुवा रोग अस्पताल सहित सातवटा १० देखि १५ शैयासम्मका सातवटा आधारभुत अस्पतालको शिलान्यास गरिएका हो ।
नेपाल सरकारको कार्यक्रम अनुसार दिपायल सिलगढी नगरपालिका–५ ग्वालासैनमा मुख्यमनत्री त्रिलोचन भट्टले सरुवा रोग अस्पतालको शिलान्यास गरेका हुन् ।
जिल्लाको शिखर नगरपालिका वडा नं.८ तल्कोटमा नगर प्रमुख सिताराम जोशी र उप–प्रमुख धौली देवी रावलले १५ शैयाको अस्पताल भवनको शिलान्यास गरेका छन् ।

केआईसिंह गाउँपालिका वडा नं. ४ बोगटीडाँडामा गाउँपालिका अध्यक्ष लोकेन्द्र शाही र मिना विष्टले १० शैयाको अस्पताल भवन शिलान्यास गरेका छन् ।

बोगटान फुड्सील गाउँपालिकाको केदारअखडा प्राथमिक स्वास्थ्य केन्द्रमा गाउँपालिका अध्यक्ष कमल गडसिला र उपाध्यक्ष भगवती बमले १५ शैयाको अस्पताल शिलन्यास गरेका छन् ।

उता जोरायल गाउँपालिका अन्तरगतको सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रमा पनि १५ शैयाको अस्पताल शिलन्यास गरिएको छ । त्यस्तै पूर्वीचौकी गाउँपालिका, सायल गाउँपालिका र बडीकेदार गाउँपालिकामा पनि १५ शैयाको अस्पताल शिलन्यास गरिएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
यो सँगै आजै देशभर ३९६ अस्पतालको एकै साथ शिलान्यास भएको छ । सरकारले स्थानीय तहसम्म स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल भवन र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गरेको हो ।
दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...