२०८३ असार ११, बिहीबार
June 25, 2026, Thursday

सुदूरपश्चिमका व्यवसायीले भने- क्वारेन्टाईनका लागि होटल दिन तयार छौ

सुदूरपश्चिम- होटल तथा पर्यटन व्यवसायी महासंघ सुदूरपश्चिमले विषम् परिस्थितिमा प्रदेशभरका होटल व्यवसायीहरू होटलका कोठालाई आइसोलेसन कक्ष बनाउन तयार रहेको जनाएको छ।

महासंघले आज विज्ञप्ति जारी गर्दै कोभिड-१९ काे महामारी फैलिएका बेला आवश्यक परे सम्पूर्ण होटलका बेडलाई आइसोलेसन कक्षका लागि दिन तयार रहेको जनाएको हाे।

महासंघका अध्यक्ष दीपकबहादुर खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रदेशभरका होटलहरूलाई भीडभाड हुने तालिम, सेमिनार, जन्मदिन तथा पार्टीहरू आयोजना नगर्न समेत अनुरोध गरिएको छ।

‘होटल व्यवसायी महासंघ केन्द्रीय कार्यालयको ८  चैतको निर्णयअनुसार हामीले हाम्रो तर्फबाट गर्न सकिने अन्य सहयोग र समन्वयका लागि सदैव तत्पर रहेको व्यहोरा समेत सम्बन्धीत सरोकारवालाहरुलाई जानकारी गराउँदै यस कठिन परिस्थितिमा सरकारलाई  सघाउन तयार छौं’, विज्ञप्तिमा उल्लेख छ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७६ चैत्र ९

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP