२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

दिपायलको सेती पुलमा मृतावस्थामा वृद्ध भेटिए

डोटी– दिपायल सिलगढी नगरपालिका १ गोसेडा गाउँका अन्दाजी ७५ वर्षीय लक्ष्मण साउद दिपायलको सेती पुल नजिक मृतावस्थामा भेटिएका छन्। 

मजदुरी गरेर पेट पाल्दै आएका साउद मंगलबार बिहान सेती पुल नजिक मृतावस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक धर्मानन्द जोशीले जानकारी दिए। 

घरपरिवारका सदस्यसमेत कोही नभएका मृतक साउदको शव परीक्षणका लागि  जिल्ला अस्पताल पठाउने तयारी भइरहेको छ। साउदको मृत्युको कारण नखुलेको भए पनि उनी नियमित मदिरा सेवन गर्ने भएकाले सोही कारण मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। 

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०७७ कार्तिक १८

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP