२०८१ बैशाख १८, मंगलवार
April 30, 2024, Tuesday

रहेनन् कांग्रेस नेता तेज पुन : कोरोनाले लियो ज्यान

डोटी । नेपाली कांग्रेस डोटीका नेता तेज पुनको निधन भएको छ ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाल आदिवासी जनजाती संघ डोटीका अध्यक्ष समेत रहेका पुनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि सेती अस्पताल लगिएको थियो । उनमा मंगलबार कोरोना पुष्टि भएको थियो।

केआईसिंह गाउँपालिका वडा नं. ४ वायल निवासी पुनको बुधबार दिउँसो निधन भएको नेपाली कांग्रेस डोटीका सभापति प्रदीप देउवाले जानकारी दिए ।

पुनको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

नेता पुन २०४६ साल भन्दा अगाडी देखि कांग्रेस राजनीतिमा सक्रिय थिए ।

Related News

इलाम–२ मा ५० प्रतिशत मत गणना: एमाले ५३ सय मतले अगाडी
इलाम–२ मा ५० प्रतिशत मत गणना: एमाले ५३ सय मतले अगाडी
  • २०७७ कार्तिक ५

दिपायल- इलाम–२ को उपनिर्वाचनको ५०.५ प्रतिशत मत गणना गरिएको छ...

TOP