२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

डोटीका थप ३५ जनामा कोरोना संक्रमण पुष्टि : उच्च अदालतका मात्रै १८ जनामा देखियो संक्रमण

डोटी- डोटीका थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डोटी अस्पतालकोे परीक्षणमा ३१ जना, सेती प्रादेशिक अस्पताल कैलालीको परीक्षणमा ३ जना, डडेल्धुरा अस्पतालको परीक्षणमा १ जना गरी जम्मा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय डोटीका अनुसार संक्रमित हुनेमा उच्च अदालत दिपायलका १८ जना कर्मचारी, सरकारी कार्यालयमै कार्यरत थप एक जना कर्मचारी र एक जना थुनुवा रहेकाछन् ।

त्यस्तै शिखर नगरपालिकाका ३ जना, आदर्श गाउँपालिकाका एक जना, केआईसिंह गाउँपालिकाका एक जना, बोगटान फुड्सील गाउँपालिकाका ६ जना, जोरायल गाउँपालिकाका एक जना र बडिकेदार गाउँपालिकाका तीन जनामा संक्रमण पुष्टि भएको हो ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०७७ कार्तिक ३

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP