
डोटी- नेपाल तरुण दल र नेपाल दलित संघले संगठन विस्तारलाई तिव्रता दिएको छ । नेपाली कांग्रेसका दुबै भातृ संगठनहरुले जिल्लाका विभिन्न स्थानीय तहहरुमा संगठ विस्तार गर्दै आएको छ ।
दुबै भातृ संगठनले पछिल्लो समय शिखर नगरपालिकामा वडा देखि नै संगठन विस्तार गर्दैै आएको छ । यसै क्रममा मंगलबार शिखर नगरपालिका वडा नं. ५ मा दुबै संगठन विस्तार गरिएको हो । स्थानीय युवा जगत साउँदको अध्यक्षतामा १९ सदस्यीय तरुण दल इकाई कमिटि गठन गरिएको छ भने हर्क भुलको अध्यक्षतामा ११ सदस्यीय दलीत संघ इकाई कमिटि गठन गरिएको छ ।
वडा सभापति नरबिर ऐरको अध्यक्षतामा आयोजना गरिएको संगठन विस्तार कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव नारायण जोशी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा तरुण दल डोटीका अध्यक्ष नारायण बलायर, उपमेयर तथा कांग्रेस नेतृ धौली देवी रावल विशिष्ट अतिथि थिए । वडाअध्यक्ष पदम बहादुर बोहरा, नगर दलित संजालका सभापति राम दमाई, समाजसेवी तथा क्रियाशिल सदस्य काफलीका पुजारी रामचन्द्र ओझा, क्रियाशिल सदस्य केशवराज जोशी लगायतको सहभागिता रहेको कार्यक्रममा दर्जनौ नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जोशीले लोकतन्त्रको रक्षाका लागि सबै संघ संगठन एकजुट भएर लाग्नुपर्ने बताए । कांगे्रस गौरवशाली इतिहास बोकेको निष्टावान पार्टी भएको उल्लेख गर्दै जोशीले बहुमतको वर्तमान सरकार र तिनको पार्टीबाट नेतृत्व गर्ने नेताहरुको कर्तुतले जनातामाझ कंग्रस अझै लोकप्रिय भएको बताए । उनले वर्तमान सरकारका गतिबिधिले निराश भएका जनता र मुलुकले कांग्रसको आवस्यकता महसुस गरिरहेको बताउँदै अवको विकल्प भनेको कांग्रेस पार्टी मात्रै भएको दावी गरे ।
तरुण दल डोटीका अध्यक्ष बलायरले संगठनमा चयन भएका पदादीकारीहरुलाई बधाई दिदै स्वागत गरेका थिए । मुलुकको परिवर्तन, सुशासन र लोकतन्त्र कायम गर्न, जन सवालका विषय आवज उठाउन र मुलुकका खातिर योगदान दिन युवाहरु एकजुट भएर लागे लागे मात्रै परिवर्तन सम्भव भएको बलायरले बताए । आजसम्मको राजनीतिक इतिहासमा तरुण दलको भुमिका महत्वपूर्ण रहेको बताउँदै बलायरले महत्वपूर्ण र राष्ट्रहितमा आफुलाई समर्पित गर्न उत्तम संगठन तरुण दल नै भएको बताए । तरुण दलले पार्टीमा मात्रै नभएर युवा नेतृत्व विकासका लागि योगदान दिदै आएको कुरा उल्लेख गरेका थिए ।
दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...