२०८३ जेष्ठ २२, शुक्रबार
June 5, 2026, Friday
बयलपाटा अस्पताल

दाताले हात झिक्यो : थला पर्दैछ दुर्गमको नमुना अस्पताल

आन्दोलनको बलमा अस्पताल : भवन भत्किए, अस्पताल सुरु भएन : दुर्गममा विशेषज्ञ सेवा : अब थला पर्दै अस्पताल

विश्वास खड्काथोकी- १९औं पटक आमरण अनसनमा बसेका डा. गोविन्द केसीको ६ बुँँदे मागको पाँचौ बुँदा भनिएको छ, ‘बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी निःशुल्क दिगो सेवा सुनिश्चित गरियोस् ।’

बयलपाटा सुदूरपश्चिमको ठूला अस्पतालमध्ये एक हो । जहाँ बिरामीले टिकट काट्न पैसा तिर्नुपर्दैन । औषधि किन्न निजी औषधि पसलमा धाइरहनुपर्दैन । अस्पतालकै फार्मेसीमा सम्पूर्ण औषधि निःशुल्क उपलब्ध हुन्छ ।

१९ वटा भवनमा सञ्चालित अस्पतालमा ५० शैय्या छ, दुईजना हाडजोर्नी र प्रसूति विशेषज्ञ डाक्टर छन् । चारजना एमबीबीएस र एकजना दाँतका डाक्टर छन्, १४ जना हेल्थ असिस्टेन्ट, १२ अहेब, २० स्टाफ नर्सले सेवा दिइरहेको छन् । अस्पतालको एक्सरेमा दुई र फार्मेसीमा तीनजना कर्मचारी कार्यरत छन् ।

यो सबै सेवाका लागि अनुदान दिइरहेको गैरसरकारी संस्था न्याय हेल्थ नेपालले हात झिक्न थालेपछि पछिल्लो दुई वर्षदेखि अस्पताल थला पर्न लागेको छ । कर्मचारीलाई तलब खुवाउनसमेत अस्पताललाई हम्मेहम्मे पर्न थालेको छ । यसले अछाम, बाजुरा, डोटीका जनताले पाइरहेको स्वास्थ्य सेवासमेत कटौती हुनेछ ।

‘यहाँ मुगु, हुम्ला, कालीकोट र दैलेखबाट समेत बिरामी आउनुहुन्छ’, अहिलेसम्म साढे आठ लाख बिरामीलाई सेवा दिइएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डा. विकास गौचन भन्छन्, ‘हामीले ६९ सालमा अप्रेसन सेवा सुरु गर्नुअघि डेलिभरी गर्न जनता डडेल्धुरा, वीरेन्द्रनगर पुग्नुपर्थ्यो । यसले मातृ मृत्युदरसमेत उच्च हुन्थ्यो ।’

आन्दोलनको बलमा अस्पताल

बयलपाटा अस्पतालको इतिहास तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहाबाट सुरु हुन्छ । ०३४ अघि अछामको क्षत्र नं. २ स्थित मंगलसेनमा ७५ वटा गाविसलाई समेट्ने गरी स्वास्थ्य केन्द्रको स्थापना भयो । तर क्षेत्र नं. १ का स्थानीयले आफूहरुलाई पनि अस्पताल चाहिने भन्दै ०३४ मा आन्दोलन सुरु गरे ।

तत्कानील गाउँ पञ्चायतको नेतृत्वमा आन्दोलनको राँको बलेपछि प्रमुख जिल्ला अधिकारीले गोली चलाउने आदेश दिए । ‘आन्दोलनका क्रममा चार जनाको ज्यान गयो, २३ जना घाइते हुनुभएको भए’, डा. गौचनले स्थानीयलाई उदृढ गर्दै बताउँछन्, ‘नौ जना आन्दोलनकारी त जेल नै चलान भए ।’

सोही वर्ष तत्कालीन राजा वीरेन्द्रको भ्रमण भने अछामबासीको लागि वरदान सावित भयो । डा. गौचनले भने ‘०३४ सालमा राजाको भ्रमण भएपछि उहाँको हुकुम प्रमांगीबाट अस्पताल सञ्चालनको लागि निर्देशन दिनुभएको रहेछ ।’

अस्पताल भौतिक संरचना निर्माण ०४१ सालबाट प्रारम्भ भयो । ‘जग्गा र ठाउँको विवादले लामो समय लियो’, डा. गौचनले थपे, ‘त्यतिबेला स्वास्थ्य मन्त्रालयले १५ घर परिवारलाई विस्थापित गरेर भवन निर्माणको टेन्डर सुरु गरेको थियो ।’

पुरा समाचार पढ्नुहोस्

Related News

शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
  • २०७७ आश्विन १२

  दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...

TOP