२०८३ बैशाख ५, शनिबार
April 18, 2026, Saturday

नेकपा बैठक बस्दै : मन्त्री हेरफेरको मापदण्ड बनाइने

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (मंगलबार) बस्दै छ। 

मध्यान्न साढे १२ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने बैठकमा मन्त्री हेरफेरको मापदण्ड र राजनीतिक नियुक्तिका विषयमा छलफल हुनेछ । 

सोमबार तत्कालीन माओवादीको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्ने भनिएको बैठक स्थगित गरेर आज बालुवाटारमा बस्न लागेको हो । 

आइतबार  पेरिसडाँडामा बसेको बैठकमा पनि मन्त्री हेरफेर र त्यसको मापदण्डका विषयमा छलफल भएको थियो । उक्त विषयमा सोमबार दुई अध्यक्ष केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो । 

नेताहरुका अनुसार आजको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, सांगठनिक एकीकरणका बाँकी काम र केन्द्रीय कमिटी तथा स्थायी कमिटीमा पदपूर्ति गर्नेसहितका चार एजेन्डामा छलफल हुनेछ । 

आइबारको बैठकमा मन्त्री हेरफेरको तीन मोडलमा छलफल भएको थियो ।

पहिलो, प्रधानमन्त्रीबाहेक सबै मन्त्रीहरूको राजीनामा, दोस्रो, दुई वर्ष कार्यकाल पूरा गरेकाहरूको बिदाइ र तेस्रो, कार्यसम्पादन मूल्यांकनमा कमजोर रहेका मन्त्रीहरूलाई बिदाइ गरेर पुनर्गठन गर्नुपर्ने विकल्प प्रस्तुत भएको थियो । 

यस्तै दोस्रो एजेन्डा राजनीतिक नियुक्तिबारे पनि आज छलफल हुनेछ । १३ संवैधानिक आयोगमध्ये विभिन्न ४१ पद रिक्त छन् ।
 

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७७ आश्विन ६

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP