२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

डोटीमा निषेधाज्ञा खुकुलो पारियो : व्यापार व्यवसाय र यातायात सञ्चालन हुने

डोटी- डोटीमा दुई सातादेखि जारी निषेधाज्ञा खुकुलो पारिएको छ । जिल्ला प्रशासन कार्यालय डोटीले एक सूचना जारी गर्दै सोमबारबाट लागु हुने गरी निषेधाज्ञा खुकुलो पारिने जनाएको छ ।

सूचनामा स्वास्थ्य सजकता अपनाएर विहान ६ बजे देखि साँझ ६ बजे सम्म व्यापार व्यवसाय सञ्चालन गर्न पाइने जनाएको छ । यातायातका साधानमा सिट क्षमता भन्दा ५० प्रतिसत कम यात्रु बोक्न पाइने छ । अटोरिक्सामा दुई भन्दा बढी यात्रु नबोक्न भनिएको छ ।

जिल्लामा भिडभाड, कार्यक्रम, गोष्ठि, धार्मीक मेला महोत्सव गर्न भने बन्देज लगाइएको छ । सार्बजनिक स्थलमा जादा वा यात्रा गर्दा अनिबार्य मास्कको प्रयोग गर्न भनिएको छ । सार्वजनिक स्थलमा तथा पसलमा सामाजिक दुरी कायम गर्नु पर्ने सूचनामा उल्लेख छ ।

जिल्लामा पहिलो चरणमा भाद्र १४ गते देखि २१ गते सम्म निषेधाज्ञा जारी गरिएकोमा २१ देखी २८ गते राती १२ बजे सम्मका लागि थप गरिएको थियो ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०७७ भाद्र २८

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP