२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026, Friday

डडेल्धुराका एक व्यापारीलाई कोरोना संक्रमण

धनगढी: डडेल्धुरा सदरमुकाममा व्यवसाय गर्दै आइरहेको एक व्यापारीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। आइतबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा जिल्लाको अमरगढी नगरपालिका –५ घरभ भएका एक ६८ वर्षीय वृद्धमा कोरोना भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। 

उनले आफै रकम तिरेर शनिबार स्वाब दिएका थिए। कोरोना पोजटिभ देखिएपछि संक्रमितलाई डडेल्धुरा अस्पतालको आइसोलेसनमा राखिएको अमरगढी नगरपालिका स्वास्थ्य शाखा सह–संयोजक गणेश विष्टले बताए। उनको स्वास्थ्य अवस्था सामान्य रहेको विष्टले बताए।

Related News

डोटी जेसीजले आयोजना गरेको दन्त शिविरमा ९१ जनाले लिए सेवा 
डोटी जेसीजले आयोजना गरेको दन्त शिविरमा ९१ जनाले लिए सेवा 
  • २०७७ भाद्र २८

  दिपायल – डोटी जेसीजले दिपायलमा एक दिन निःशुल्क दन्त...

TOP