२०८३ असार ११, बिहीबार
June 25, 2026, Thursday

पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोना पुष्टि : कुल संक्रमितको संख्या ४६२५७ पुग्यो

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जसमध्ये २९० महिला र ६९० महिला छन्। योसहित नेपालमा कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ।

हाल १७ हजार २७ सक्रिय संक्रमित रहेका छन्। जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार २०१ र होम हाइसोलेसनमा ७ हजार ८२६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए

पछिल्लो २४ घण्टामा नेपाल १० हजार ३८२ जनाको आरटी पीसीआर नमुना परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा नेपाल १ हजार ८१४ जना संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २८ हजार ९४१ पुगेको डा. गौतमले बताए। यो ६३ प्रतिशत हो।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७७ भाद्र २१

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP