२०८३ असार ११, बिहीबार
June 25, 2026, Thursday

वडा अध्यक्ष चलाउने माथि हातपात

कैलाली- कैलालीमा वडा अध्यक्षमाथि हातपात भएको छ। जिल्लाकोे लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भक्तबहादुर चलाउनेमाथि हातपात भएको हो।

वडाको व्यवस्थीत नगरमा बुधवार स्थानीय छविलाल जैशीले हातपात गरेका अध्यक्ष चलाउनेले बताए। वडा स्वास्थ्य क्लनीक भवनको निमार्णको काम गरिरहेको स्थानमा आफूमाथि सोही स्थानका जैशीले हातपात गरेको वडा अध्यक्ष चलाउनेले जानकारी दिए।

भवन निमार्णको लागि निमार्ण स्थलमा नाप नक्सा गर्ने क्रममा बाहिरबाट एक्कासी आएका जैशीले नाप्न प्रयोग गरिने फिर्ता र जमिनमा गाडिएका किला उखालेर फाल्न थालेपछि आफूले किन त्यस्तो गरेको भनेर सोध्दै गर्दा उल्टै आफुमाथि अपशब्द प्रयोग गरी गाली ग्लोज गर्दै शरीरमा हातपात गरेको वडा अध्यक्ष चलाउनेको आरोप छ। वडा अध्यक्षमाथि हातपात गर्न खोज्ने जैशीलाई पक्राउ गरेको छैन्।

इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख ज्ञानेन्द्र चन्दले वडा अध्यक्ष चलाउनेलाई कुटपिट गर्ने व्यक्ति आफ्नोे सम्पर्कमा बोलाएको बताए। उनले सोधपुछका लागि बोलाएको तर नआएको जानकारी दिए। 

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७६ चैत्र ६

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP