२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

कंग्रेस केन्द्रिय सदस्य बलायरद्वारा प्रेस युनियनमा आबद्ध पत्रकारहरुको कोरोना बिमा

डोटी– नेपाली काँग्रेस डोटीका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री वीर बहादुर बलायरले प्रेस युनियन डोटीमा आबद्ध ९२ जनाको कोरोना बिमा गरेका छन् । उनले प्रेस युनियन डोटी मार्फत गृहजिल्ला डोटीका क्रियाशिल पत्रकार तथा प्रेस युनियमा आबद्ध सदस्यहरुको प्रति व्यक्ति ५० हजारको बिमा गरेका हुन् ।

पत्रकारहरु महामारी तथा संकटको समयमा पनि जोखिमोलेर खटिने र उनको अर्थिक अवस्था पनि कमजोर हुने भएकाले युनियनमा आबद्ध ९२ जनाको एकमुष्ट बिमा गरेको बलायर बताए । राज्यले संकटमा, महामारीमा खटिने पत्रकार, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सुरक्षाका सामग्री, बिमा, स्वास्थ्य उपचार तथा अन्यसेवासुबिधा दिनुपर्ने बलायरले बताए ।

केन्द्रिय सदस्य बलायरको आर्थिक सहयोगमा ९२ जना प्रेस युनियनका पदाधिकारी तथा साधारण सदस्यहरुको प्रति व्यक्ति ५० हजारको बिमा गरिएको प्रेस युनियन डोटीका सचिव पवन महराले बताए । बिमा गरिएका कुनै पनि व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको खण्डमा बिमा कम्पनिले ५० हजार उपलब्ध गराउने गरी बिमा गरिएको महराले जानकारी दिए ।

महामारीको बेला खटिने पत्रकारलाई राज्यले व्यवास्था गरेको बताउँदै प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले बिमाले गर्दा थोरै भएपनि राहत पुग्ने बताए । उनले बिमा शर्त बिमा गरिएको १५ दिन पछि लागु हुने गरी डोटी युनियनमा आबद्ध सबैको लुम्बिनी जनरल ईन्स्योरेन्स कम्पनी दिपायल शाखामा बिमा गरिएको बताए ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०७७ श्रावण ३२

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP