२०८३ असार १०, बुधबार
June 24, 2026, Wednesday

डोटीका ६ जना सहित सुदूरपश्चिमका ५९ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ३५९४ पुग्यो

धनगढी- सुदूरपश्चिममा शनिवार ५९ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठामडौँ ४९ र धनगढी प्रयोगशालामा १० गरी आज थप ५९ जनामा कोरोना पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछामका ३७, कञ्चनपुरका ६, डोटी र डडेल्धुराका तीन/तीन जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए। 

यस्तै धनगढी प्रयोगशालामा भएको परीक्षणमा ६ पुरुष र चार महिला गरी १० जनामा कोरोना पुष्टि भएको छ। महाकाली नगरपालिका कञ्चनपुरका चार, डोटीका तीन, धनगढी उप–महानगरपालिका वडा नम्वर २ का एक, बैतडीको दशरथचन्दका एक जना र अछामको चौरपाटी गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनका अनुसार पछिल्लो २४ घण्टामा दुई सय १७ जनाको कोरोना परीक्षण भएको छ। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार पाँच सय ९४ पुगेको छ। संक्रमित मध्ये ८ जनाको मृत्यु भईसकेको छ भने पाँच सय ७२ जना डिस्चार्ज भएका छन्। 
 

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७७ असार २०

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP