२०८३ कार्तिक १, शनिबार
October 17, 2026, Saturday

नेपाली कांग्रेस डोटीको सभापतिमा विजय खड्का सर्वसम्मत निर्वाचित 

 

दिपायल – नेपाली कांग्रेस डोटीको सभापतिमा बाजीसिंह खड्का (विजय) सर्वसम्मत निर्वाचित भएका छन् ।  नेपाली काङ्ग्रेसको १५ औं नियमित महाधिवेशन अन्तर्गत सम्पन्न जिल्ला अधिवेशनबाट खड्काको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

 

निर्वाचन अधिकृत डन्डीराज ओझाका अनुसार उप – सभापतिमा टिकाराम फुलारा र योगेन्द्र ठकुल्ला चयन भएका छन् । त्यसैगरी सचिवमा दिपक बोगटी र केशव बहादुर बम तथा सह-सचिवमा उत्तम सिंह र भिम बहादुर मल्ल निर्वाचित भएका छन् ।

 

जिल्ला कार्यसमितिको सदस्यहरूमा लक्ष्मी देउवा बम, तारा साउद, रामचन्द्र भट्ट, जमुना खड्का, दीपा खड्का, दिनेश मल्ल चयन भएका छन् । मोहन मल्ल, कल्पना ताडी जेठारा, राजेन्द्र केसी, हिक्मत मल्ल, सान्ता भुल, रण बहादुर बम, निर्मला बटाला ऐर र दिपेन्द्र कार्की, दीप बहादुर बलायर, मान बहादुर साउद, लाल बहादुर कीमाडी पनि जिल्ला सदस्यमा चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमै घने बलायर, मिन बलायर, लक्ष्मण बलायर, गौरी महरा, गोविन्द खड्का, कृष्ण भट्टराई, ललीता बि क, सृजना सिंह, निर्मला थापा, दिपक साउद, माया खड्का बडैला, कर्ण भण्डारी, केसव नेपाली, कृष्ण लाल बिष्ट, ममता बोहरा, केशव ढाट र केशब नेपाली पनि सर्वसम्मत चयन भएका छन् ।

 

डोटी कांग्रेसले असोज २३ गते क्षेत्र तथा जिल्लाको अधिवेशनको एकसाथ उद्घाटन गरेको थियो ।  प्रदेश निर्वाचन क्षेत्रीय कार्यसमिति ‘क’ र ‘ख’ को पनि नयाँ नेतृत्वको चयन गरिएको छ ।

 

निर्वाचन समितिका अनुसार प्रदेश सभा क्षेत्रीय कार्यसमिति ‘क’ को सभापति पदमा नन्द सिंह धामी चयन भएका छन् । समितिको उप-सभापतिमा राम चन्द्र ओझा र सुरत बिष्ट, सचिवमा सन्तोस बि. क. र डिल बहादुर रोकाया तथा सह-सचिवमा नृप खड्का र शंकर कोली चयन चयन भएका छन् ।

 

प्रदेश सभा क्षेत्रीय कार्यसमिति ‘ख’ को सभापतिमा शेर बहादुर बम चयन भएका छन् । उप-सभापतिमा महेशवरी ओझा र झगडी कामी, सचिवमा लिलाधर बिष्ट र शमशेर मल्ल तथा सह-सचिवमा जङ्ग लामीछाने र सुन्तली बिकलाई चयन गरिएको छ ।

Related News

डोटीमा जिप दुर्घटना, एक महिला घाइते
डोटीमा जिप दुर्घटना, एक महिला घाइते
  • २०८३ आश्विन २५

दिपायल — डोटीको दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीमा जिप दुर्घटना हुँदा...

TOP