२०८३ कार्तिक १, शनिबार
October 17, 2026, Saturday

डोटी कांग्रेसको बिपी र सिद्धराज स्मृति भवनको उद्घाटन 

दिपायल – नेपाली कांग्रेस डोटीको बिपी र सिद्धराज स्मृति भवनको उद्घाटन गरिएको छ ।

सिलगढीमा पार्टी कार्यालय सञ्चालनमा रहेको “बिपी स्मृति भवन” र दिपायलमा निर्मित “सिद्धराज स्मृति भवन”को शुक्रबार बिहान उद्घाटन गरिएको हो ।

“बिपी स्मृति भवन”को नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति एवं पूर्व मन्त्री वीर बहादुर बलायरले उद्घाटन गरेका हुन् । हाल पार्टी कार्यालय सञ्चालन रहेको उक्त भवनको निर्माण सभापति बलायर जिल्ला सभापति रहँदा गरिएको थियो ।

त्यस्तै दिपायलमा निर्माण गरिएको “सिद्धराज स्मृति भवन” को प्रदेश सभापति बलायर र जिल्ला सभापति नरेन्द्र बहादुर सिंहले  संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभापति बलायर भवन निर्माणमा योगदान दिने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नु भयो ।

 

Related News

डोटीमा जिप दुर्घटना, एक महिला घाइते
डोटीमा जिप दुर्घटना, एक महिला घाइते
  • २०८३ आश्विन २३

दिपायल — डोटीको दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीमा जिप दुर्घटना हुँदा...

TOP