२०८३ कार्तिक १, शनिबार
October 17, 2026, Saturday

डोटी कांग्रेसले शुक्रबार क्षेत्र र जिल्लाको अधिवेशन एकसाथ आयोजना गर्ने 

 

दिपायल – नेपाली कांग्रेस डोटीले १५ औं नियमित महाधिवेशन अन्तर्गत क्षेत्र र जिल्लाको अधिवेशन एक साथ आयोजना गर्ने भएको छ । असोज १५ गतेबाट वडा अधिवेशन, २० गतेबाट पालिका अधिवेशन सम्पन्न गरेको डोटी कांग्रेसले शुक्रबार प्रदेश सभा क्षेत्र क्रियाशील अधिवेशनसँगै जिल्ला अधिवेशनको पनि उद्घाटन गर्ने जनाएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय तालिका अनुसार जिल्ला अधिवेशन कार्तिक १५ गते आयोजना गर्ने भनिए पनि डोटी कांग्रेसले भने क्षेत्र र जिल्लाको अधिवेशन एक साथ आयोजना गर्ने जनाएको छ ।

नेपाली कांग्रेस डोटीका सभापति नरेन्द्र बहादुर सिंहका अनुसार जिल्लाका सबै वडा र पालिकाको अधिवेशन सम्पन्न गरिएसँगै क्षेत्र र जिल्लाको अधिवेशन एकसाथ आयोजना गरिन लागेको हो । अधिवेशन सम्पन्न हुन बाँकी बोगाटन फुड्सिल गाउँपालिका र केआइसिंह गाउँपालिकाको अधिवेशन पनि शुक्रबार बिहानसम्म सम्पन्न गर्ने तयारी रहेको सभापति सिंहले बताए ।

राजपुर स्थित सेती सभाहलमा आयोजना हुने अधिवेशनको पूर्ण तयारी भइसकेको र क्षेत्रीय प्रतिनिधिहरू दिपायल पुगिसकेको उनले बताए ।

 

Related News

डोटीमा जिप दुर्घटना, एक महिला घाइते
डोटीमा जिप दुर्घटना, एक महिला घाइते
  • २०८३ आश्विन २२

दिपायल — डोटीको दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीमा जिप दुर्घटना हुँदा...

TOP