दिपायल — डोटीमा भालुको आक्रमणबाट एक वृद्ध घाइते भएका छन् । पूर्वीचौकी गाउँपालिका–२, वाडीका अन्दाजी ६३ वर्षीय दानबहादुर ओली भालुको आक्रमणमा परी घाइते भएका हुन् ।
जङ्गली जनावरबाट बालीनाली जोगाउन खेतमा बनाइएको पहरामा श्रीमतीसँगै रातभर कुरेर बसेका ओली बिहीबार बिहान घर फर्कने क्रममा भालुको आक्रमणमा परेका हुन् । बिहान करिब साढे ५ बजे गाई दुहुन घरतर्फ आउँदै गर्दा उनलाई भालुले आक्रमण गरेको बताइएको छ ।
भालुको आक्रमणबाट ओलीको पेट र दायाँ खुट्टामा गम्भीर चोट लागेको बताइएको छ । उनको उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याइँदैछ ।
गाउँबाट स्थानीयले स्ट्रेचरमा सडकसम्म ल्याएपछि एम्बुलेन्समार्फत अस्पताल पठाइएको स्थानीय भारती माध्यमिक विद्यालयकी शिक्षिका भागरथी मडैले जानकारी दिइन् ।
दिपायल — डोटीको पूर्वीचौकी गाउँपालिकामा जंगली भालुको आक्रमणबाट एकै दिन...