२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

बैतडीमा ट्याक्टर दुर्घटना : चालक देवसिंह भण्डारीको घटनास्थलमै मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना : चालक देवसिंह भण्डारीको घटनास्थलमै मृत्यु

धनगढी — बैतडीको पुर्चौडी नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बिहीबार दिउँसो करिब ३:३० बजे पुर्चौडी नगरपालिका–१ स्थित राताशिला क्षेत्रमा पुरघाटबाट ढोल्यामोडतर्फ जाँदै गरेको सु.प.प्र.०२–००१ त.१६०० नम्बरको ट्याक्टर सडकबाट करिब २०–२५ मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

दुर्घटनामा पुर्चौडी–१ बुदडा स्थायी घर भई हाल कञ्चनपुरको महेन्द्रनगर बस्दै आएका ४४ वर्षीय चालक देवसिंह भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनाका बेला ट्याक्टरमा चालक बाहेक अन्य कोही पनि सवार थिएनन्।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी पुरघाट, बैतडीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ.

Related News

नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई अकुत सम्पत्ति मुद्दामा साढे ८ वर्ष कैद
नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई अकुत सम्पत्ति मुद्दामा साढे ८ वर्ष कैद
  • २०८३ असार ३२

नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई अकुत सम्पत्ति मुद्दामा साढे...

TOP