२०८३ असार २९, सोमबार
July 13, 2026, Monday

सुदूरपश्चिमको बजेट खारेज गर्न नेकपा सांसद मानबहादुर धामीको माग, ‘अपजसको भाग प्रतिपक्षले पनि लिन्छ’

सुदूरपश्चिमको बजेट खारेज गर्न नेकपा सांसद मानबहादुर धामीको माग, ‘अपजसको भाग प्रतिपक्षले पनि लिन्छ’

धनगढी — नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर धामीले प्रदेश सरकारले प्रस्तुत गरेको चालु आर्थिक वर्षको बजेट खारेज गरी पुनः ल्याउनुपर्ने माग गरेका छन्।

प्रदेशसभामा आफ्नो धारणा राख्दै सांसद धामीले वर्तमान बजेट प्रदेशको आवश्यकता र जनअपेक्षाअनुसार नभएको भन्दै यसलाई पुनर्लेखन गर्नुपर्ने बताएका हुन्।

उनले सरकारले ल्याएको बजेटका कारण सिर्जना भएको अपजसको जिम्मेवारी सत्ता पक्षसँगै प्रतिपक्षले पनि लिनुपर्ने अवस्था आउने उल्लेख गर्दै बजेट सच्याउन सबै पक्ष गम्भीर हुनुपर्ने धारणा राखे।

धामीले प्रदेशसभामा बजेटमाथिको छलफल केवल औपचारिकतामा सीमित हुन नहुने बताउँदै परिणाममुखी निर्णय आवश्यक रहेको बताए। उनले बजेटमार्फत प्रदेशको विकास, सुशासन र जनहित सुनिश्चित गर्न नसकिने अवस्था देखिएको भन्दै बजेट पुनर्विचार गर्न सरकारलाई आग्रह गरे।

प्रदेश सरकारको बजेटलाई लिएर सत्ता गठबन्धनभित्रै असन्तुष्टि बढिरहेका बेला सांसद धामीको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

 

Related News

साउनदेखि धनगढीका निजी विद्यालयमा ३ प्रतिशत ‘शैक्षिक समता शुल्क’ थपिने
साउनदेखि धनगढीका निजी विद्यालयमा ३ प्रतिशत ‘शैक्षिक समता शुल्क’ थपिने
  • २०८३ असार २८

साउनदेखि धनगढीका निजी विद्यालयमा ३ प्रतिशत ‘शैक्षिक समता शुल्क’ थपिने...

TOP