बझाङ । बझाङको केदारस्युँ गाउँपालिका–७ सुगरेस्थित भित्री सडकखण्डमा शनिबार भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
बिजगडाबाट सुगरे–दुर्गाथलीतर्फ जाँदै गरेको सुपप्र ०१–००१ च २६४४ नम्बरको जिप अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरीले जनाएको छ। दुर्घटनाका बेला जिपमा चालकसहित १६ जना सवार रहेका थिए।
प्रहरीका अनुसार दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ काडाचौरकी ३५ वर्षीया बिमला धामी, दुर्गाथली गाउँपालिका–६ चुहावनकी ६० वर्षीया केला देवी महत र ६० वर्षीय चक्र महत को घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा चालक देवेन्द्र धामी, रामबहादुर महत, वीरबहादुर जाग्री, झल्का देवी महत, जयमती महत र हर्का देवी महत गम्भीर घाइते भएका छन्।
त्यस्तै नवराज धामी, दीपेन्द्र जाग्री, रमेश धामी, धनसेर जाग्री, हासुली महत र गौमती देवी महत मध्यम अवस्थाका घाइते रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।
साउनदेखि धनगढीका निजी विद्यालयमा ३ प्रतिशत ‘शैक्षिक समता शुल्क’ थपिने...