२०८३ असार २९, सोमबार
July 13, 2026, Monday

सरकारी कर्मचारीलाई धूम्रपान र मद्यपानमा कडाइ, नयाँ आचारसंहिता जारी

सरकारी कर्मचारीलाई धूम्रपान र मद्यपानमा कडाइ, नयाँ आचारसंहिता जारी

काठमाडौं । सरकारले सरकारी कर्मचारीलाई कार्यालय र सार्वजनिक स्थलमा धूम्रपान तथा मद्यपान गर्न रोक लगाउँदै नयाँ आचारसंहिता जारी गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको आचारसंहितामार्फत कर्मचारीको आचरणलाई थप मर्यादित र जिम्मेवार बनाउन यस्तो व्यवस्था गरिएको हो।

हालै जारी आचारसंहिताको दफा ६(झ) अनुसार कर्मचारीले कार्यालय वा सार्वजनिक स्थलमा मदिरा सेवन गर्ने, जुवातास खेल्ने, धूम्रपान गर्ने वा अन्य अमर्यादित कार्य गर्न वा गराउन नपाइने व्यवस्था गरिएको छ।

सरकारले सार्वजनिक सेवामा कार्यरत कर्मचारीको व्यावसायिक आचरण, अनुशासन र सेवाप्रतिको विश्वास अभिवृद्धि गर्ने उद्देश्यले यस्तो व्यवस्था लागू गरेको जनाएको छ।

आचारसंहितामा कर्मचारीले पूर्वस्वीकृतिबिना कुनै पनि व्यक्ति वा संस्थाबाट उपहार, आतिथ्यता वा अन्य सुविधा स्वीकार गर्न नपाउने उल्लेख गरिएको छ। साथै, व्यक्तिगत लाभ पुग्ने कुनै पनि गतिविधिमा संलग्न हुनसमेत निषेध गरिएको छ।

सरकारले जारी गरेको यो आचारसंहिताले सरकारी कर्मचारीको नैतिकता, पारदर्शिता र सुशासनलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

Related News

साउनदेखि धनगढीका निजी विद्यालयमा ३ प्रतिशत ‘शैक्षिक समता शुल्क’ थपिने
साउनदेखि धनगढीका निजी विद्यालयमा ३ प्रतिशत ‘शैक्षिक समता शुल्क’ थपिने
  • २०८३ असार २८

साउनदेखि धनगढीका निजी विद्यालयमा ३ प्रतिशत ‘शैक्षिक समता शुल्क’ थपिने...

TOP