२०८३ असार २७, शनिबार
July 11, 2026, Saturday

भक्तपुर रेडक्रस शाखालाई ४५ लाखभन्दा बढी बक्यौता २१ दिनभित्र बुझाउन केन्द्रीय कार्यालयको निर्देशन

भक्तपुर रेडक्रस शाखालाई ४५ लाखभन्दा बढी बक्यौता २१ दिनभित्र बुझाउन केन्द्रीय कार्यालयको निर्देशन

काठमाडौं – नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले भक्तपुर जिल्ला शाखालाई ४५ लाख ७१ हजार ८२० रुपैयाँ २१ पैसा बक्यौता रकम २१ दिनभित्र बुझाउन निर्देशन दिएको छ।

केन्द्रीय कार्यालयले पत्राचार गर्दै भक्तपुर शाखाको नाममा देखिएको उक्त बक्यौता रकम निर्धारित समयभित्र केन्द्रीय कार्यालयको बैंक खातामा जम्मा गर्न निर्देशन दिएको हो।

केन्द्रीय महामन्त्री ऋषिरमण खनालद्वारा हस्ताक्षरित पत्रमा सन् २०१५ देखि हालसम्मको बक्यौता रकम भुक्तानी हुन बाँकी रहेको उल्लेख गरिएको छ।

पत्रअनुसार विभिन्न निकायबाट भएका अध्ययन तथा छानबिन, समाज कल्याण परिषद्को निर्णय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको मन्त्रीस्तरीय निर्णयका आधारमा बक्यौता रकम असुली प्रक्रिया अघि बढाइएको हो।

केन्द्रीय कार्यालयले पत्र प्राप्त भएको मितिले २१ दिनभित्र अनिवार्य रूपमा बक्यौता रकम जम्मा गरी भौचर वा अन्य प्रमाणसहित जानकारी गराउन निर्देशन दिएको छ।

निर्धारित समयभित्र रकम दाखिला नगरे प्रचलित नियमअनुसार थप कारबाही प्रक्रिया अघि बढाइने पनि पत्रमा उल्लेख गरिएको छ।

नेपाल रेडक्रस सोसाइटीको नवगठित केन्द्रीय तदर्थ समितिले पछिल्लो समय आर्थिक पारदर्शिता, सुशासन र संस्थागत सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ। सोही अभियानअन्तर्गत बक्यौता असुली तथा आर्थिक अनुशासनलाई कडाइ गरिएको रेडक्रस स्रोतले जनाएको छ।

Related News

एकै दिन ३३ अर्बभन्दा बढी सरकारी भुक्तानी, चालु आर्थिक वर्षको नियमित खर्च प्रणाली बन्द
एकै दिन ३३ अर्बभन्दा बढी सरकारी भुक्तानी, चालु आर्थिक वर्षको नियमित खर्च प्रणाली बन्द
  • २०८३ असार २६

एकै दिन ३३ अर्बभन्दा बढी सरकारी भुक्तानी, चालु आर्थिक वर्षको...

TOP