२०८३ असार २७, शनिबार
July 11, 2026, Saturday

बैतडी बस दुर्घटना : उपचारका क्रममा एक वृद्धको मृत्यु

बैतडी बस दुर्घटना : उपचारका क्रममा एक वृद्धको मृत्यु

बैतडी – बैतडीमा असार २० गते भएको यात्रुवाहक बस दुर्घटनामा गम्भीर घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा पाटन नगरपालिका–२ हसौडाका अन्दाजी ८० वर्षीय रामदत्त पाण्डेय रहेका छन्। उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।

दुर्घटनामा घाइते भएका अन्य केही यात्रुको पनि माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सु.प्र. ०१–००१ ख ३९६३ नम्बरको यात्रुवाहक बस असार २० गते शुक्रबार दिउँसो करिब साढे ३ बजे पाटन नगरपालिका–९ गैराखान क्षेत्रमा दुर्घटनामा परेको थियो।

प्रहरीका अनुसार बस सडकबाट करिब १ सय मिटर तल खसेको थियो। दुर्घटनामा चालकसहित २४ जना घाइते भएका थिए। उपचारकै क्रममा एक जनाको मृत्यु भएसँगै उक्त दुर्घटनामा ज्यान गुमाउनेको संख्या एक पुगेको छ।

Related News

एकै दिन ३३ अर्बभन्दा बढी सरकारी भुक्तानी, चालु आर्थिक वर्षको नियमित खर्च प्रणाली बन्द
एकै दिन ३३ अर्बभन्दा बढी सरकारी भुक्तानी, चालु आर्थिक वर्षको नियमित खर्च प्रणाली बन्द
  • २०८३ असार २६

एकै दिन ३३ अर्बभन्दा बढी सरकारी भुक्तानी, चालु आर्थिक वर्षको...

TOP