काठमाडौं । राष्ट्रिय सभाले आज आर्थिक वर्ष २०८३/८४ को बजेटसम्बन्धी विनियोजन विधेयक पारित गर्ने भएको छ। संसद सचिवालयका अनुसार आज दिउँसो १२:१५ बजे बस्ने बैठकमा मन्त्रालयगत शीर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने तथा विनियोजन विधेयक पारित गर्ने कार्यसूची रहेको छ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव, कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, गृहमन्त्री सुधन गुरुङ, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ, परराष्ट्र मन्त्री शिशिर खनाल तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेछन्।
यस्तै, प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट रक्षा मन्त्रालय, राष्ट्रपति कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा राष्ट्रिय योजना आयोगको सचिवालयसँग सम्बन्धित जिज्ञासाको जवाफ पनि अर्थमन्त्री डा. वाग्लेले दिने कार्यसूची रहेको छ।
मन्त्रीहरूको जवाफपछि विनियोजन विधेयकअन्तर्गत विभिन्न शीर्षकमा दर्ता भएका खर्च कटौतीका प्रस्तावहरू राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले निर्णयार्थ प्रस्तुत गर्नेछन्। त्यसपछि अर्थमन्त्री वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्, जसलाई राष्ट्रिय सभाले पारित गर्नेछ।
यसै बैठकमा अर्थमन्त्री वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपास हात्ती प्रभावित क्षेत्रमा स्वचालित बत्ती जडान...