दिपायल । सुदूरपश्चिम प्रदेशसभाको बैठक आज बस्दैछ। प्रदेशसभा सचिवालयका अनुसार बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट तथा बजेटसँग सम्बन्धित विनियोजन विधेयक लगायतका प्रस्ताव टेबल गर्ने सम्भावित कार्यसूची रहेको छ।
बैठकमा महालेखापरीक्षकको कार्यालय, लोकसेवा आयोग, थारु आयोग र मधेसी आयोगका वार्षिक प्रतिवेदन पनि प्रदेशसभामा पेस गरिने कार्यसूची रहेको सचिवालयले जनाएको छ।
सरकारले असार १ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेपछि आज पहिलो पटक प्रदेशसभाको बैठक बस्न लागेको हो।
बजेट निर्माण प्रक्रिया, योजना छनोट तथा स्रोत बाँडफाँटको विषयलाई लिएर सत्तारुढ गठबन्धनभित्रै मतभेद देखिएपछि बजेटसम्बन्धी संसदीय प्रक्रिया अघि बढ्न सकेको थिएन। आजको बैठकसँगै बजेटमाथिको संसदीय प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपास हात्ती प्रभावित क्षेत्रमा स्वचालित बत्ती जडान...