काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को रोमाञ्चक प्रतिस्पर्धामा स्पेनले पोर्चुगललाई १–० गोलले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।
अमेरिकाको डालासमा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा स्पेनका मिकेल मेरिनोले इन्जुरी समय (स्टपेज टाइम) मा निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए। निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरीमा रहेको खेल अन्तिम क्षणमा मेरिनोको गोलले स्पेनको पक्षमा मोडिएको हो।
यस जितसँगै स्पेन विश्वकपको अन्तिम आठमा प्रवेश गरेको छ भने उपाधिको अर्को दाबेदार मानिएको पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको छ।
पोर्चुगलका कप्तान तथा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोका लागि पनि यो हारसँगै विश्वकप यात्रा समाप्त भएको छ। विश्व फुटबलका महान् खेलाडीमध्ये एक मानिने रोनाल्डोको सम्भावित अन्तिम विश्वकप यस हारसँगै टुंगिएको छ।
स्पेनले अब सेमिफाइनल प्रवेशका लागि क्वाटरफाइनलमा अर्को चुनौतीको सामना गर्नेछ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपास हात्ती प्रभावित क्षेत्रमा स्वचालित बत्ती जडान...