२०८३ असार २३, मंगलवार
July 7, 2026, Tuesday

बैतडीमा घर भत्किँदा गर्भवती महिलासहित तीन जना घाइते

बैतडीमा घर भत्किँदा गर्भवती महिलासहित तीन जना घाइते

दिपायल – बैतडीमा घर भत्किँदा गर्भवती महिलासहित एकै परिवारका तीन जना घाइते भएका छन्। घटना बैतडीको मेलौली नगरपालिका–१ सिराडमा सोमबार बिहान भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार स्थानीय सुने पार्कीको दुईतले चारकोठे घरको मुख्य जुवा भाँचिएर बीचको तला भत्किँदा घरभित्र रहेका तीन जना घाइते भएका हुन्।

घाइते हुनेमा १८ वर्षीया मनिषा पार्की, १३ वर्षीया चाँदनी पार्की२२ वर्षीया प्रिया पार्की रहेका छन्। प्रहरीका अनुसार प्रिया पार्की आठ महिनाकी गर्भवती हुन्। उनको ढाडमा चोट लागेको छ भने मनिषाको कम्मर र चाँदनीको घुँडामा चोट लागेको छ।

घाइते तीनै जनाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सैनाले जानकारी दिए।

घर भत्किने घटनामा गोठमा बाँधिएका दुई वटा बाख्रासमेत घाइते भएका छन्।

घटनाको कारण र अन्य विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related News

क्रियाशील सदस्यता अद्यावधिकको समय साउन ३ गतेसम्म थप्यो कांग्रेस
क्रियाशील सदस्यता अद्यावधिकको समय साउन ३ गतेसम्म थप्यो कांग्रेस
  • २०८३ असार २२

क्रियाशील सदस्यता अद्यावधिकको समय साउन ३ गतेसम्म थप्यो कांग्रेस काठमाडौं,...

TOP