२०८३ बैशाख ५, शनिबार
April 18, 2026, Saturday

भारतबाट आएर सेती अस्पतालको आइसोलेसनमा भर्ना भएका एक जनाको मृत्यु

कैलाली- सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा भर्ना भएका एक जनाको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्वर ७ का ५५ बर्षीय पुरुषको मृत्यु भएको हो।

मृतक पुरूष भारतको महाराष्ट्रबाट १३ गते धनगढी पुगेका थिए । बिरामी उनलाई सुरुमा अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना गरिएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । कोरोनाको लक्षण देखिएपछि मात्रै आईसालेसनमा राखिएको र आज विहानै मृत्यु भएको श्रेष्ठले बताए ।

मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन भएको र आजै परीक्षण हुने अस्पतालले जनाएको छ ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७७ जेष्ठ १४

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP