२०८३ जेष्ठ ३१, आईतवार
June 14, 2026, Sunday

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित भएका छन् । संघको दिपायलमा आयोजित १६औं  साधारण सभा एवं छैटौँ जिल्ला अधिवेशनबाट मन्नीको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

 

अध्यक्षमा निर्वाचित मान्नी निवर्तमान वरिष्ठ उपाध्यक्ष एवं प्रकाश गेस्ट हाउसका सञ्चालक हुन् ।

 

संस्थाको वरिष्ठ उपाध्यक्षमा नन्दनसिंह कार्की र उपाध्यक्षमा गणेश बोहरा निर्वाचित भएका छन् । कार्की दिपायल स्थित होटल रिभर साइडका सञ्चालक हुन् भने बोहरा वर्षा होटलका सञ्चालक हुन् ।

 

महासचिवमा खेम विठारी, सचिवमा जनक खड्का, कोषाध्यक्ष पुजा रावल र सह-कोषाध्यक्षमा रमेश बोहरा निर्वाचित भएका छन् ।

 

नव निर्वाचित पदाधिकारीहरुलाई अधिवेशनका निर्वाचन अधिकृत पवन महराले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।

 

निवर्तमान अध्यक्ष लोक बहादुर खड्काले नवनिर्वाचित अध्यक्ष मन्नीलाई पद हस्तान्तरण तथा बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गरे ।

 

दिपायल सिलगढी नगरपालिकाकी नगर उप-प्रमुख कलावती महर साउदको प्रमुख आथित्यतामा सञ्चालित उद्घाटन सत्रमा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख सागर बोहरा, होटल व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष रमेश जोशी लगायतको सहभागीता  रहेको थियो ।

 

Related News

शिखर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा 
शिखर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा 
  • २०८३ जेष्ठ ३०

दिपायल – शिखर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका...

TOP