२०८२ चैत्र २१, शनिबार
April 4, 2026, Saturday

घाँटीमा मासुको चोक्टा अड्किएर डोटीमा एक जनाको मृत्यु

 

दिपायल – घाँटीमा मासुको चोक्टा अड्किएर डोटीमा एक जनाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका -७ दहकालिकाका अन्दाजी ५० वर्षीय काले नेपालीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बिहीबार राति करिब ८ बजेको समयमा खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किएर उनी बेहोस् भएका थिए । बेहोस् भएका उनलाई राति उपचारका लागि साढे ११ बजे राजपुर स्थित सुजङ्ग अस्पताल ल्याइएको थियो । चेकजाँचका क्रममा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।

Related News

डोटीलाई विशेष प्राथमिकता दिन प्रधानमन्त्री समक्ष सांसद खड्काको माग 
डोटीलाई विशेष प्राथमिकता दिन प्रधानमन्त्री समक्ष सांसद खड्काको माग 
  • २०८२ चैत्र १३

  काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सुदूरपश्चिम प्रदेशबाट प्रत्यक्ष...

TOP