२०८२ फाल्गुन १, शुक्रबार
February 13, 2026, Friday

डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 

सिलगढी – डोटी जेसीज बर्ष २०२६ को अध्यक्षमा डिल्लीराज जोशी (राहुल) सर्वसम्मत चयन भएका छन् । सोमबार सिलगढीमा जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहको प्रमुख आथित्यतामा सम्पन्न १३औं जिल्ला अधिवेशनबाट जोशीको नेतृत्वमा ३१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो ।

डोटी जेसिजको कार्यकारिणी उपाध्यक्षमा गाङ्गी बलायर र केशव धामी चयन भएका छन् । त्यस्तै कानुनी सल्लाहकारमा भरत कठायत, महासचिवमा योगेन्द्र रावत र कोषाध्यक्षमा किरण विष्ट चयन भएका छन् ।

उपाध्यक्षहरुमा इन्द्र राणा, सुजित खड्का, पुष्कर जङ्ग शाह चयन भएका छन् भने एक जना उपाध्यक्ष नवनिर्वाचित अध्यक्षले मनोनित गर्ने छन् ।

त्यस्तै, सचिवमा कृष्ण धामी, सह-सचिवमा अमर खड्का र महेश बोहरा चयन भएका छन् । सदस्यहरुमा अभिनाश कठायत, गणेश बोहरा लगायत अन्य १५ जनालाई सर्वसम्मत चयन गरिएको छ।

नवनिर्वाचित पदाधिकारीहरूले सोमबार नै पदभार ग्रहण गरेका छन्। नवनिर्वाचित पदाधिकारी लगायतको डोटी जेसीजले मंगलबार जिल्ला अस्पतालमा उपचाररत बिरामीहरूसँग भेटघाट गर्नुका साथै फलफूल वितरण गरेको छ ।

नवनिर्वाचित अध्यक्ष जोशीले आफ्नो कार्यकालमा संस्थागत विकास, सामाजिक सेवा, स्वास्थ्य शिविर, खेल तथा युवा उद्यमशीलता र लागूऔषध नियन्त्रणमा विशेष जोडदिने बताए ।

Related News

सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
  • २०८२ माघ २७

देबेन्द्र दत्त भट्ट , सुजङ्ग स्कुल , राजपुर डोटी ‎नेपालका...

TOP