२०८३ असार १०, बुधबार
June 24, 2026, Wednesday

नयाँ नक्सा समेटिएकाे संसदको लोगो प्रचलनमा

काठमाडौं- संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रिय सभाको लोगोमा परिवर्तन गरिएको छ। अद्यावधिक गरिएको नेपालको नक्सा राखेर संसदको लोगो परिवर्र्तन गरिएको हो। 

परिवर्तित लोगो मंगलबारको बैठकबाट प्रयोगमा ल्याइएको छ। सरकारले भारतीय अतिक्रमणमा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा जेठ ७ गते जारी गरेको थियो।

सरकारले नेपालको नक्सा अद्यावधिक गरेपछि संसद्ले पनि नयाँ नक्साअनुसार लोगो परिवर्तन गरेको हो। सांसदहरूले लगाउने लोगो र रोस्ट्रममा भएको प्रतीक चिह्न पनि नयाँ नक्साअनुसार परिमार्जन गरिएको छ।

निशाना छाप परिवर्तन गर्न भने संविधान संशोधन गर्नुपर्ने हुन्छ। संविधान संशोधनका लागि सरकारले संसदमा विधेयक दर्ता गरिसकेको छ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७७ जेष्ठ १३

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP